ad ad

खेल


एभरेस्ट प्रिमियर लिगः सन्दीप लामिछानेले काठमाडौं किंग्सबाट खेल्ने

एभरेस्ट प्रिमियर लिगः सन्दीप लामिछानेले काठमाडौं किंग्सबाट खेल्ने

फाइल तस्बिर


नेपालखबर
असार २४, २०७८ बिहिबार १३:३८,

राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) काठमाडौं किङ्स एलेभेनबाट खेल्ने भएका छन्।

काठमाडौं किंग्सले सामाजिक सञ्जालमार्फत सन्दीपसँग बुधबार सम्झौता गरेको जनाएको हो। 

१ वर्षका लागि गरिएको सम्झौतापत्रमा सन्दीप र काठमाडौंका मालिक रोहित गुप्ताले हस्ताक्षर गरेका छन्। 

तेस्रो संस्करणमा सन्दीपले ललितपुर प्याट्रियट्सबाट ईपीएल खेलेका थिए। 

गत वर्ष माघमा ट्रेड प्रावधानअनुसार सन्दीपलाई ललितपुर प्याट्रियट्सबाट काठमाडौंले लिएको थियो। 

यसैबीच इपीएलका लागि काठमाडौंले मुख्य प्रशिक्षकको लागि खुल्ला आवेदन पनि माग गरेको छ। 

यसअघि काठमाडौंको प्रशिक्षकको जिम्मेवारी विनोद दासले सम्हालेका थिए। विनोद दास गत पुषमा नेपाल क्रिकेट संघ (क्यान) को म्यानेजर पदमा नियुक्त भएपछि मुख्य प्रशिक्षक पद रिक्त छ। 

ईपीएल असोज ९ देखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ। 

यसअघि गत चैत १ गतेदेखि १५ गतेसम्मका लागि तय प्रतियोगिता कोरोना भाइरसको महामारीका कारण स्थगित भएको थियो। 

प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिम ललितपुर प्याट्रीयट्स, काठमाडौं किङ्स एलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारियर्सले खेल्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .