कञ्चनपुरको महेन्द्रनगरमा बहुला कुकुरले आतंक मच्चाएको छ। महेन्द्रनगर र आसपासका क्षेत्रमा सर्वसाधारणलाई बहुला कुकुरले दर्जनौँले टोक्दा आतंक मच्चिएको थियो।
महेन्द्रनगर, गोबरिया, भगतपुरलगायत क्षेत्रमा बहुला कुकुरले टोकेर ५९ जना उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुगेका छन्। कुकुरको टोकाइबाट घाइते उनीहरूको अहिले महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
पसलमा सामान किन्नेबेला एक्कासी आएको कुकुरले टोकेको बिष्ना चन्दले बताइन्। महाकाली प्रादेशिक अस्पतालका जनस्वास्थ्य निरीक्षक गौरीदत्त जोशीका अनुसार फागुन महिनामा रेबिजका ७ सय ३ जना घटना आएका छन्। उनका अनुसार चैत्र १ गते मात्रै दिउँसो ४ बजेसम्म कुकुरले टोकेका ५९ जना अस्पतालमा पुगेका छन्। सर्वसाधारणलाई टोक्दै हिँडेको बहुला कुकुरलाई भगतपुर क्षेत्रबाट अहिले नियन्त्रणमा लिइएको छ।
प्रतिक्रिया