समाज


गोदावरी क्षेत्रका अतिक्रमित संरचना हटाउन सुरु

गोदावरी क्षेत्रका अतिक्रमित संरचना हटाउन सुरु

नेपालखबर
फागुन ३०, २०८२ शनिबार १९:३८, काठमाडौँ

कैलालीको गोदावरी नगरपालिका-२ स्थित दुर्गालक्ष्मी सामुदायिक वन क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना हटाउन सुरु गरिएको छ। 

अत्तरिया चोकबाट गोदावरी रोडको पूर्वपट्टि बनाइएका अवैध संरचनाहरू डिभिजन वन कार्यालय धनगढीको समन्वयमा सब डिभिजन कार्यालय अत्तरियाले शनिबारदेखि हटाउन सुरु गरेको हो। डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामविचारी ठाकुरका अनुसार गोदावरी क्षेत्रमा वन अतिक्रमण गरी अवैध रूपमा भौतिक संरचना निर्माण गर्ने क्रम बढ्दो अवस्थामा रहेको सूचना प्राप्त भएपछि हटाउने अभियान थालिएको हो। 

गोदावरी नगरपालिकाका विभिन्न क्षेत्रमा वन क्षेत्र अतिक्रमण गरेर घर बनाउने कार्य तीव्र रूपमा भइरहेको सूचना आएको उनले बताए। त्यस्ता संरचना हटाउने कामको सुरुआत गरिएको उनको भनाइ छ। 

पछिल्लो समय गोदावरी क्षेत्रका विभिन्न सामुदायिक वनमा अतिक्रमण गरी घर, भवन तथा सार्वजनिक संरचना बनाउने क्रम बढ्दै गएको स्थानीय वीरेन्द्र भट्टले बताए। वन अतिक्रमण हटाउने कार्यमा दुर्गालक्ष्मी सामुदायिक वनका पदाधिकारी, वनकर्मी तथा नेपाल प्रहरीको पनि सहभागिता रहँदै आएको वन कार्यालयले जनाएको छ। (रासस) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad