बाजुराको बडीमालिका दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा एकजना तीर्थयात्रीको भिरबाट लडेर मृत्यु भएको छ।
मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका-५ काठमाडौँका ५२ वर्षीय विप्लव ओझा रहेका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए।
ओझा पूर्व शिक्षामन्त्री देवीप्रसाद ओझाका छोरा हुन्। उनी भिरबाट करिब सातसय मिटर तल खोँचमा खसेर मृत्यु भएकाे अवस्थामा शव फेला परेकाे हाे।
हवारीका अनुसार बडीमालिका दर्शन गरेर बिहीबार साँझ ७ बजे नाटेश्वरी आउने क्रममा विस्नेपानी नजिकै भिरबाट लडेका ओझा खोल्सामा मृत भेटिएका हुन्।
राति अबेर घटना घटेकाले खोल्सामा अड्किएको शव झिक्न नसकिएको प्रनाउ हवारीले बताए। लगातार वर्षा भइरहेकाले शवलाई खोलाबाट माथि ल्याउन समस्या भएको छ।
उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर ल्याउने तयारी गरिए पनि मौसम खराबीका कारण सम्भव नभएको प्रहरीले जनाएको छ। रासस
Shares

प्रतिक्रिया