ग्लोबल


पूरै गाजा कब्जा गर्ने नेतन्याहुको योजना इजरायलको सुरक्षा मन्त्रिपरिषद्‌द्वारा अनुमोदन

पूरै गाजा कब्जा गर्ने नेतन्याहुको योजना इजरायलको सुरक्षा मन्त्रिपरिषद्‌द्वारा अनुमोदन

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु


नेपालखबर
साउन २३, २०८२ शुक्रबार १०:१, काठमाडौँ

इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अघि सारेको गाजा नियन्त्रणमा लिने योजना अनुमोदन गरेको छ।

इजरायलका प्रधानमन्त्री नेतन्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार आज (शुक्रबार) बिहान बसेको सुरक्षा मन्त्रिपरिषद्को बैठकले पूरै गाजा कब्जा गर्न स्वकृति दिएको हो।

जसमा गाजा नियन्त्रणमा लिने स्वीकृत योजना र ‘युद्ध अन्त्य गर्ने पाँच बुँदा’का विवरण रहेको बताइएको छ। 

सुरक्षा मन्त्रिपरिषद्ले यसलाई बहुमतले पारित गरेको हो।

त्यसमा भनिएको छ, ‘आईडीएफले युद्ध क्षेत्र बाहिरका नागरिकहरूलाई मानवीय सहायता प्रदान गर्दै गाजा नियन्त्रणमा लिन तयारी गर्नेछ र युद्ध अन्त्य गर्ने पाँच बुँदामा काम गर्नेछ।’

-हमासको नि:शस्त्रीकरण 
-सबै बन्धकहरूको फिर्ता - मृत र जीवित
-गाजामा नि:शस्त्रीकरण
-गाजामा इजरायलको सुरक्षा नियन्त्रण
-हमास र प्यालेस्टिनी प्राधिकरणमुक्त वैकल्पिक नागरिक सरकार

प्रधानमन्त्री नेतन्याहुले बिहीबार फक्स न्युजसँगको अन्तर्वार्तामा भनेका छन्, ‘हामी सम्पूर्ण गाजामा नियन्त्रण चाहन्छौँ। हाम्रो सुरक्षा सुनिश्चित गर्न, हामी त्यहाँ (गाजा) बाट हमासलाई हटाउन चाहन्छौँ... हामी गाजालाई हमासको आतंकबाट मुक्त गर्न चाहन्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad