समाज


इँटा उद्योगले बनाएको खाडलको पानीमा डुबेर ७ वर्षीय बालकको मृत्यु

कर्णालीमा पौडी खेल्दा १७ वर्षीय किशाेर बेपत्ता, ५ वर्षीया बालिकाको पनि मृत्यु
इँटा उद्योगले बनाएको खाडलको पानीमा डुबेर ७ वर्षीय बालकको मृत्यु

फाइल तस्बिर


नेपालखबर
जेठ १५, २०८२ बिहिबार ९:३७, कञ्चनपुर

कञ्चनपुर र कैलालीमा पानीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। एक किशोर बेपत्ता भएका छन्।

कैलालीमा सात वर्षीय बालक र कञ्चनपुरमा पाँच वर्षीया बालिकाको पानीमा डुबेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका १० दमौरामा सोही ठाउँका गणेश चन्दकी सात वर्षीय छोरा ओमकारको खाडलको पानीमा डुबेर मृत्यु भएको छ।

जय अम्बे इँटा उद्योगले इँटा बनाउनका लागि माटो निकाल्दा बनेको खाल्डोमा जमेको पानीमा  डुबेर बुधबार राति ती बालकको मृत्यु भएको हो। 

पानीमा डुबेपछि गम्भीर बिरामी भएका उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो। राति नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

यस्तै, कञ्चनपुरको वेदकोट नगरपालिकामा पनि पानीमा डुबेर ५ वर्षीय बालिकाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार बेलुकी ६ बजेतिर वेदकोट नगरपालिका १० हरपालकी मिना सार्कीकी ५ वर्षीया छोरी प्रिन्जिलाको पानीमा डुबेर मृत्यु भएको हो।

नजिकैको चौधर नदीमा नुहाउने क्रममा उनी पानीमा डुबेर बेपत्ता भएकी बालिका बेहोस अवस्थामा फेला परेकी थिइन्। 

उपचारको लागि उनलाई महाकाली प्रादेशिक अस्पताल लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषित गरेका प्रहरीले जनाएको छ। 

उता कैलालीको टीकापुर नगरपालिका २ मुलपानीस्थित कर्णाली नदीमा डुबेर बुधबार जानकी गाउँपालिका १ दुर्गौलीका १७ वर्षीय सन्तोष धामी बेपत्ता भएका छन्। 

प्रहरीका अनुसार ६ जना साथीसँगै कर्णाली नदीमा पौडी खेल्ने क्रममा धामी डुबेर बेपत्ता भएका हुन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad