मौसममा आएको फेरबदलसँगै सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रहरुमा गएरातिदेखि हिमपात सुरु भएको छ।
हुम्ला, डोटी, मुगु, बाजुर, बझाङसहितका जिल्लाको पहाडी र हिमाली क्षेत्रका उच्च भूमागमा हिमपात भएको हो।
डोटीको बडिकेदार क्षेत्र अशिले हमपातको कारण सेताम्मे भएको छ। डोटीको बडिकेदार गाउँपालिकामा हिउदे वर्षासँगै हिमपात भएको हो।
हिमपात सुरु भएसँगै यहाँका किसान खुसी भएका छन्। हिउँ परेपछि मौसम ठीक हुने र खेती सप्रिने विश्वास किसानहरुको छ।
हिमपात भएको क्षेत्रमा चिसो थप बढेको छ। चिसो बढ्दा जनजीवन भने प्रभावित बनेको छ।

102
Shares

प्रतिक्रिया