कैलाली र कञ्चनपुरबाट लागु औषध खैरो हेरोइनसहित ४ जना पक्राउ परेका छन्।
कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियाबाट चुरे गाउँपालिका–३ का २१ वर्षीय निराजन शाह लागुऔषधसहित पक्राउ परे। उनको साथबाट १ ग्राम २३० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।
चुरे गाउँपालिका–३ खानीडाडामा लागुऔषध खैरो हेरोइनसहित दुई युवक पक्राउ परे। कैलालीको धनगढीबाट बैतड जाँदै गरेको सु.प.प्र.०१ ००१ ज १४३४ नम्बरको जिपमा सवार दुई जनालाई शंका लागेर जाँच गर्दा खैरो हेरोइन भेटिएको थियो।
पक्राउ पर्नेमा डोटीको जोरायल गाउँपालिका–२ भट्टेखोलाका २४ वर्षीय दीपक बिष्ट र २४ वर्षीय गोबिन्द बिष्ट छन्। उनीहरुको साथबाट २ ग्राम ७९० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ भगतपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। बुधबार बेलुकी भगतपुरकै ३० वर्षीय दिनेश कठायतलाई प्रहरीले लागुऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनको साथबाट २.०६ ग्राम खैरो हेरोइन बरामद गरिएको थियो।
Shares

प्रतिक्रिया