समाज


आफन्त भन्छन् : दिलीपको हत्या प्रहरीकै संलग्नतामा

आफन्त भन्छन् : दिलीपको हत्या प्रहरीकै संलग्नतामा

शैलेन्द्र महतो
पुस २५, २०७६ शुक्रबार ७:३,

अवैद्य उत्खननको विरोध गर्दा शुक्रबार बिहान धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षय युवक ओमप्रकाश भन्ने दिलीपकुमार महतोको टिपरले किचेर औरही खोलामै हत्या भयो।

हत्यापश्चात् गाउँले र मृतकका आफन्त घटनास्थल पुग्नै लाग्दा ईलाका प्रहरी कार्यालय ढल्केबरको टोली पुगेर उपचार गर्न भन्दै दिलीपको शवलाई हतार–हतार भ्यानमा राखेर लगेका थिए।

मृत्यु भइसकेको अवस्थामा प्रहरीले हतार हतार गम्भीर घाइते भन्दै घटनास्थलबाट मुचुल्का समेत नगरी शव उठाएर लगेपछि स्थानीय र आफन्तले हत्यामा प्रहरीको समेत संलग्नता रहेको आशंका गरेका छन्।

स्थानीय अनिरुद्ध महतोले प्रहरीकै संलग्नतामा हत्या भएको आशंका व्यक्त गरे।

‘हामीलाई हेर्ने नदिइकन मृत्यु भइसकेको मान्छेलाई प्रहरीले उपचारका लागि भनेर उठाएर लैजान्छ’, उनले भने, ‘प्रहरीले घटनास्थलको मुचुल्का समेत उठाएन। यसको कारण के हो? कि प्रहरीकै संलग्नतामा घटना घटाइएको छ?’

मृतक दिलीपका दाइ वीरेन्द्र महतोले प्रहरीकै संलग्नतामा भाइको हत्या भएको आरोप लगाए।

‘म जब घटनास्थलमा पुगे। शवको प्रकृति पुरै वनावटी लाथ्यो। पहिले हत्या गरेर त्यसपछि टाउकोमा टिपर चढाइदिएको रहेछ’, वीरेन्द्रले भने, ‘मरिसकेको मेरो भाइलाई हाम्रो घरपरिवार र समाजलाई राम्ररी हेर्न समेत दिएन। मृत्यु भइसके अवस्थामा प्रहरीले लास उठाएर लगे। मुचुल्का उठाएनन्। यो सबै प्रहरीकै सेटिंगमै भएको हो।’

दिलीप विगत डेढवर्षदेखि श्रीपुर गाउँ पश्चिमको बसही र गाउँ पूर्वको औरही खोलामा तीव्रगतिमा भइरहेको अवैध उत्खननविरुद्ध गाउँलेको नेतृत्व गर्दै आवज उठाउँदै आएका थिए। तर, गाउँलेले ईलाका प्रहरीलाई पटक पटक गुहार गर्दा समेत वेवास्ता गर्दै आएको र क्रसर तथा टिपर मालिकहरुसँग कमिसन खाँदै उनीहरुलाई सहयोग गर्दै आएका स्थानीयको आरोप छ।

ढल्केबरका स्थानीय वुद्धिजीवी सोमप्रसाद शर्माले घटना प्रहरीकै संलग्नतामा सुनियोजित रुपमा क्रसर मालिकले घटाएको आरोप लगाए।

यो पनिः
युवक हत्याको विरोधमा प्रदर्शन चर्केपछि १० सेल अश्रुग्याँस प्रहार
खोला अवैध उत्खननको विरोध गर्ने युवकको एकाबिहानै टिपरले किचेर हत्या

‘यो क्षेत्रमा अवैध खोला उत्खननको आतंक छ। जब खोलामा अवैध उत्खनन् हुँदा स्थानीयले खबर गरेपछि प्रहरीले नै आफ्नो काम नभएको बताउँछन्’, उनले भने ‘अनि जव हत्या हुन्छ, समाजको मुचुलका विनै शव उठाएर हतारमा लग्छ। यसले घटनामा प्रहरीको संलग्नता रहेको पुष्टि गर्छ।’

दिलीपको हत्या भएको १ सय मिटर पर औरही खोलामा साधु महतोको छोरा विपीन महतो र विनोद महतोको क्रसर रहेको छ। सोही क्रसरको टिपर गिट्टी बालुवा उत्खनन गरिरहेको बेला साथी रोशनसँग मोर्निंगवाकमा पुगेका बेला दिलीपको किचेर हत्या भएको थियो।

दिलीपलाई किचेर भागेको टिपर विपीनकै क्रसरमा फेला परेपछि प्रहरीले ईलाका कार्यालयमा लगेको छ। टायरमा लागेको मासुको टुक्रा र रगतले टिपरको पहिचान भएको स्थानीयको भनाइ छ। टिपर त्यहाँ फेला परे पनि चालक लगायत क्रसरका सबै मान्छे फरार रहेका थिए।

घटनको विधरोमा गाउँलेहरु पूर्व पश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरिरहेका छन्।

धनुषाका प्रहरी उपरीक्षक रमेश वस्नेतले अहिले आफू घटनास्थलमा आएको बताउँदै घटनाबारे विस्तृतमा बुझ्ने काम भइरहेको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .