अविरल वर्षापछि तनहुँमा मर्स्याङ्दी र मकवानपुरमा राप्ती नदीमा आएको बाढीले खतराको तह पार गरेको छ।
तनहुँको बिमल नगरमा मर्स्याङ्दी नदी र मकवानपुरको रजैयामा पूर्वी राप्ती नदीमा आएको बाढीले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
नदीमा बाढीको बहाव बढ्दो क्रममा रहेकाले सावधानी अपनाउन पनि महाशाखाले स्थानीय नागरिकलाई आग्रह गरेको छ।
21
Shares
प्रतिक्रिया