समाज


नेपालसहितका देशको भ्रमण नगर्न आफ्ना नागरिकलाई युएइको आग्रह

नेपालसहितका देशको भ्रमण नगर्न आफ्ना नागरिकलाई युएइको आग्रह

नेपालखबर
असार १९, २०७८ शनिबार ६:२२,

संयुक्त अरब इमिरेट्स (युएइ)ले आफ्ना नागरिकलाई नेपाल भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कालगायतका देशमा यात्रा नगर्न आग्रह गरेको छ।

कोभिड–१९ महामारीका कारण गत महिनाको अन्त्यमा युएइले विभिन्न १४ मुलुकका यात्रीलाई आफ्नो देश प्रबेशमा प्रतिबन्ध लगाएको थियो। उक्त प्रतिबन्धलाई यही जुलाई २१ सम्म विस्तार गरिएको युएइ सरकारले जनाएको छ। 

युएइको परराष्ट्र मन्त्रालय र राष्ट्रिय प्रकोप तथा विपद् व्यवस्थापन प्राधिकरणले यात्राको मौसम शुरू भएपछि नागरिकले कोभिड–१९सम्बन्धी सबै सावधानी र रोकथामका उपाय पालना गर्नु आवश्यक रहेको जनाएका हुन्।

यूएइको नागरिक उड्डयन प्राधिकरणले एक सूचनामार्फत् लाइबेरिया, नामिबिया, सियरा लियोन, प्रजातान्त्रिक गणतन्त्र कङ्गोे, युगान्डा, जाम्बिया, भियतनाम, भारत, बंगलादेश, श्रीलङ्का, नाइजेरिया र दक्षिण अफ्रिका तथा नेपालबाट हुने उडान जुलाई २१ को राति १२ बजेसम्म प्रतिबन्ध लगाइएको जनाएको छ। यो प्रतिबन्ध कार्गो उडान, व्यापारिक तथा चार्टर उडानलाई बाध्यकारी नहुने बताइएको छ। 

युएईका अधिकारीले युएइका नागरिकलाई उनीहरूको यात्राको क्रममा कोभिड–१९ सङ्क्रमण पुष्टि भएमा देशले लागू गरेको सबै निर्देशन तथा स्वास्थ्य नियमको पालना सुनिश्चित गर्नका लागि अलग्गै बस्नुपर्ने बताएका छन्। 

यूएइले आफ्ना विदेशमा रहेका नागरिकलाई पूर्वस्वीकृतिपछि मात्रै स्वदेश फर्किन वा विदेश जान आग्रह गरेको छ। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .