ad ad

राजनीति


दिल्लीमा इजरायली दूतावासनजिक विस्फोट: सीसीटीभी फुटेजबाट प्रहरीले फेला पार्‍याे ठूलो प्रमाण

दिल्लीमा इजरायली दूतावासनजिक विस्फोट: सीसीटीभी फुटेजबाट प्रहरीले फेला पार्‍याे ठूलो प्रमाण

नेपालखबर
माघ १७, २०७७ शनिबार ६:१८,

दिल्लीस्थित इजरायली दूतावासनजिक शुक्रबार साँझ भएको विस्फोटबारे अनुसन्धान गरिरहेको टोलीले केही प्रमाण फेला पारेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार दिल्ली पुलिस स्पेसल सेलले घटनाको सीसीटीभी फुटेज फेला पारेको हो, जसमा दुई जना व्यक्ति ट्याक्सीबाट ओर्लेर इजरायली दूतावासतर्फ जाँदै छन्।

त्यो कारको चालकलाई सम्पर्क गरिएको छ र स्केच बनाइँदै छ।

स्रोतका अनुसार सीसीटीभी फुटेजमा एक व्यक्तिले सडकछेउमा राखिएको गाडीमा प्याकेट फ्याँक्दै गरेको देखिन्छ। 

दिल्ली पुलिसका अतिरिक्त जनसम्बन्ध अधिकारी अनिल मित्तलका अनुसार बम विस्फोटपछि एक जना मान्छे इजरायली दूतावासबाट बाहिर आए र भिडिओ बनाए। यसपछि साँझ ५:११ बजे प्रहरी र दमकल विभागलाई जानकारी दिइयो। मित्तलले भने- विस्फोट कम तीव्रताको थियो। यसमा कोही पनि घाइते भएनन्। केवल तीन कारका सिसा फुटेका छन्।

प्रारम्भिक अनुसन्धानअनुसार केही तत्वले सनसनी फैलाउन यो विस्फोट गराएकाे अनुमान गरिएकाे छ।

याे पनि : दिल्लीमा बम विस्फोट भएपछि गृहमन्त्री शाहले गरे बंगाल भ्रमण स्थगन, बोलाए मध्यराति सुरक्षा बैठक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .