समाज


सर्लाहीमा तीव्र गतिको कार कल्भर्टमा खस्दा २७ वर्षीय युवकको मृत्यु, थप ३ जना घाइते

सर्लाहीमा तीव्र गतिको कार कल्भर्टमा खस्दा २७ वर्षीय युवकको मृत्यु, थप ३ जना घाइते

नेपालखबर
माघ २१, २०८२ बुधबार ९:३७, सर्लाही

सर्लाहीमा आज बिहान कार दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। 

बुधबार बिहान पूर्वपश्चिम राजमार्गमा पर्ने सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बाँके जंगलमा लु.३ च ५४७२ नम्बरको कार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

काँकडभिट्टाबाट बुटवलतर्फ जाँदै गरेको कार बाँके जंगल क्षेत्रमा निर्माण गरिएको डाइभर्सनबाट कल्भर्टमा खसेर दुर्घटना भएको सर्लाहीका डीएसपी सरोज राईले जानकारी दिए। 

‘दुर्घटनामा रुपन्देहीको बुटवल उपमहानगरपालिका–१ घर भएका २७ वर्षीय शुभम् जैसवालको मृत्यु भएको छ,’ डीएसपी राईले नेपालखबरसँग भने, ‘अन्य तीन जना घाइते छन्।’

दुर्घटनामा गम्भीर घाइते भएका जैसवालको उपचारका क्रममा शुभस्वस्तिक अस्पताल बर्दिवासमा मृत्यु भएको हो। 

दुर्घटनामा कार चालक बुटवलकै २३ वर्षीय साहिल बर्मा, ४८ वर्षीय बृजकिशोर बर्मा र ५२ वर्षीय सन्जय जैसवाल घाइते भएका छन्। उनीहरू सबैको शुभस्वस्तिक अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ। 

तीव्र गतिको कारण कार दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ। बिहान २ बजेतिर कार दुर्घटनामा परेको खबर पाएपछि प्रहरी टाेली घटनास्थलमा पुगेको थियाे। 

बाँके जंगलको लच्कामा कलभर्ट निर्माण गर्न छेउबाट डाइभर्सन निर्माण गरेर गाडी गुड्ने व्यवस्था गरिएको छ। सोही डाइभर्सनबाट खसेको कार निर्माणाधीन कलभर्टको पिलरमा ठोकिँदा जैसवालको मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad