समाज


एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

नेपालखबर
मंसिर २१, २०८२ आइतबार ११:४९, सर्लाही

सर्लाहीमा एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ।  

हरिवन नगरपालिका-५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज बिहान प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज. १ च १५५८ नम्बरको एम्बुलेन्स गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको  टोलीले नियन्त्रणमा लिएको हो। 

त्यसका चालक रौतहटको यमुनामाई गाउँपालिका-४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ।

छुट्टै घटनामा लालबन्दी नगरपालिका-११ हिरापुरबाट लाबन्दी-१४ नारायणखोलाका २५ वर्षीय गङ्गाबहादुर वाइवालाई पनि ५२ किलो गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी का

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad