समाज


वीरगन्जमा हैजा: ३ को मृत्यु, ९३ जनामा सङ्क्रमण

वीरगन्जमा हैजा: ३ को मृत्यु, ९३ जनामा सङ्क्रमण

हैजा नियन्त्रणका लागि वीरगन्ज महानगरपालिकाले सञ्चालन गरेकाे हेल्थ डेस्क


नेपालखबर
भदौ १०, २०८२ मंगलबार ८:५८, वीरगन्ज

पर्साको वीरगञ्ज महानगरमा सोमबार साँझसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ। हैजाबाट हालसम्म तीन जनाकाे मृत्यु भइसकेकाे छ।

महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि केन्द्र, प्रदेश र स्थानीय गरी तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन।

आइतबार बेलुकासम्म ७१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो। स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगञ्जमा ९३ जना हैजाका सङ्क्रमित फेला पारेको जानकारी दिए।

उनका अनुसार हालसम्म वीरगञ्जका विभिन्न अस्पतालमा १६६ जना हैजाका बिरामी उपचाररत रहेको र १७८ जना उपचारपछि घर फर्किएका छन्।

नारायणी अस्पतालमा आरडिटी जाँचमा ३२ जना बिरामीमा कलेरा सङ्क्रण भेटिएको छ। साथै तराई अस्पतालमा ३२ जना, नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पतालमा, वीरगञ्ज हेल्थ केयर, मङ्गलम प्याथोलोजीमा तीन–तीन जनामा हैजाको सङ्क्रमण देखिएको छ।

अर्ली अर्थो अस्पतालमा भने दुई जना हैजाका बिरामी भेटिएका छन्। त्यस्तैगरी, नारायणी सेन्ट्रल अस्पताल, एड्भान्स मेडिकेयर, नेपाल इन्डो अस्पताल, नीलकण्ठ अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल, सर्वोत्तम अस्पतालमा पनि हाल एक–एक जना हैजाका बिरामी भेटिएका छन्।

अहिलेसम्म अस्पताल आइपुगेका झाडापखाला र हैजाका बिरामीको सङ्ख्या ३४४ रहेको छ। जसमध्ये २७ जना आईसीयूमा, ६ जना एचडीसीयू र १२२ जनाको जनरल वार्डमा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad