समाज


पोखरीमा डुबेर १८ वर्षीय युवक र महिलाको  मृत्यु

पोखरीमा डुबेर १८ वर्षीय युवक र महिलाको  मृत्यु

नेपालखबर
भदौ ३, २०८२ मंगलबार ५:३१, सप्तरी

सप्तरीका दुई छुट्टा छुट्टै ठाउँमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ। 

खड्क नगरपालिका–६ मा श्रीकृष्ण जन्मष्टमीको मूर्ति सेलाउने क्रममा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा खड्क नगरपालिका–७ का १८ वर्षीय राजा चौधरी रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए।
     
श्रीकृष्ण जन्मष्टमीका अवसरमा गाउँमा बनाइएको मूर्ति सेलाउन सार्वजनिक पोखरीमा गएको चौकरीको सोमबार साँझ पोखरीमा डुबेर मृत्यु भएको हो। 

पोखरीमा डुबेर अचेत भएका चौधरीलाई गाउँलेहरूले राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका लागि ल्याएका थिए। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसैगरि घोंघी टिप्न गएका बेला खड्क नगरपालिका वडा नं २ सीतापुरकी ७२ वर्षीया सजनी सदाको पनि पोखरीमा डुबेर मृत्यु भएको छ। 

सदा घरबाट करिब दुई किलोमिटर उत्तरमा रहेको रञ्जन चौधरीको निजी पोखरीमा घोंघी टिप्न गएका बेला डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad