समाज


रौतहटमा बस दुर्घटना: यी हुन् १० घाइते

रौतहटमा बस दुर्घटना: यी हुन् १० घाइते

नेपालखबर
असार ९, २०८२ सोमबार ९:३६, काठमाडौँ

रौतहटमा आज बिहान बस दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन्। 

पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रपुर नगरपालिका- २ मा सोमबार बिहान साढे चार बजेतिर काठमाडौँबाट महोत्तरीको भिट्ठामोडतर्फ जाँदै गरेका बस दुर्घटनामा परेको हो। 

बा.प्र. ०१–००६ ख. ५२१६ नम्बरको बस आफैँ अनियन्त्रित भएर सडकबाट करिब सात मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपककुमार रायले जानकारी दिए। 

घाइतेमध्ये धेरैजसो भारतीय नागरिक रहेका प्रहरीले जनाएको छ।

घाइते सबैको चन्द्रपुरस्थिति चपुर प्रालिमा उपचार भइरहेको छ। दुर्घटनापछि फरार रहेका बसका चालक प्रहरीको सम्पर्कमा पुगेका छन्। 

बसमा सवार अन्य १५ जना यात्रुलाई भने प्रहरीले अर्को बस चढाएर गन्तव्यतर्फ पठाएको छ। 

यी हुन् घाइते १० यात्रु
१ देश भारत सितामढी जिल्ला बस्ने वर्ष ४४ कि रेखा देवीकाे कमर चोट, अवस्था सामान्य।
२ ऐ.ऐ.बस्ने बस्ने वर्ष २२ को जहदेवी झाको कमर र ढाडमा चोट अवस्था मध्यम।
३ ऐ.ऐ.बस्ने वर्ष ११ को बिसु कुमार पटेलको बायाँ आखामुनी चोट, अवस्था सामान्य।
४ ऐ. दरभंगा जिलला बस्ने वर्ष २६ को मोहमद अमजलको कमरमा चोट, अवस्था सामान्य।
५ ऐ.ऐ. बस्ने मोहमद अकिलको शरीररको दाहिने भागमा चोट, अवस्था मध्यम।
६ ऐ.ऐ. बस्ने वर्ष ३८ कि नरगिस खातुनको बायाँ हातको कुममा चोट, अवस्था सामान्य
७ ऐ.ऐ. बस्ने मोमहद अकिलको छोरा वर्ष २ को आयस प्रतिकको टाउकोमा चोट, अवस्था मध्यम।
८ जि.धनुषा सिरेश्वरनाथ न.पा. वार्ड न.१ मा बस्ने वर्ष २३ कि अनुष्का निगमको टाउकोमा चोट, अवस्था सामान्य।
९ ऐ.ऐ जनकपुर बस्ने वर्ष ३५ कि संतोषी ठाकुरको बायाँ कुम र टाउकोमा चोट, अवस्था सामान्य।
१० जि.महोतरी जलेश्वर न.पा. वार्ड न. ४ मा बस्ने वर्ष ४३ कि पुनम ठाकुरको छाती र कुममा चोट, अवस्था सामान्य।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad