रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
आइतबार बिहान सबा आठ बजेतिर परेको चट्याङले लागेर गरुडा नगरपालिका वडा नम्बर- १ जयनगर बस्ने करिब ६५ वर्षीय सियाराम बनियाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पानी पर्न थालेपछि घर अगाडी बाँधेको बाख्रा खोल्ने क्रममा उनलाई अचानक परेकाे चट्याङले लागेको हो।
चट्याङबाट गम्भीर घाइते भएका बनियालाई उपचारको लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो। उपचारकै क्रममा केही बेरअघि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
168
Shares

प्रतिक्रिया