सर्लाहीमा भएका सवारी दुर्घटनामा एक जना बालिकाको मृत्यु भएको छ भने प्रहरी जवान गम्भीर घाइते भएको छ।
बागमती नगरपालिका-८ सोल्टीमा मंगलबार साँझ ना.२ त २८७ नम्बरको ट्याक्टरले ठक्कर दिँदा सोही ठाउँका सागर विष्टकी छोरी चार वर्षीया प्रनिसा विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
सडक पार गर्न खोज्दा ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई उपचारको लागि अभिभावकले सुरुमा दयन्ती अस्पताल नयाँरोड पुर्याएका थिए। त्यहाँ प्राथमिक उपचार गरी थप उपचारका लागि बयोधा अस्पताल वीरगन्ज पुर्याउँदा चिकित्सकले मृत घोषणा हुन्।
दुर्घटनापछि प्रहरीले ट्याक्टर चालक बागमती १० निवासी तेजबहादुर रिजालका छोरा १८ वर्षीय मन्जित रिजाललाई प्रहरीले पक्राउ गरेको छ।
यसअघि मंगलबार दिउँसो पूर्वपश्चिम राजमार्गमा पर्ने सर्लाहीकै फुलजोरमा टिपरले भारतीय मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक प्रहरी जवान गम्भीर घाइते भएका छन्।
लालबन्दीबाट पूर्वतर्फ जाँदै गरेको ना १ क ८५२० नम्बरको टिफरले बयलबासबाट राजमार्गतर्फ निस्कँदै गरेको बीआर ०१एफजे ६९६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सुरक्षा सेवा व्यवस्थापन महाशाखामा कार्यरत अन्दाजी २५ वर्षीय प्रहरी जवान मीन बहादुर दानी गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
टाउको र शरीरका विभिन्न भागमा चोट लागि गम्भीर घाइते भएक दानीलाई उपचारको लागि सुरुमा लालबन्दीस्थित मोडल अस्पतालमा भर्ना गरिएको थियो।
त्यहाँ प्राथमिक उपचारपछि उनलाई थप उपचारको लागि अन्यत्र रिफर गरिएको छ। दुर्घटनापछि प्रहरीले टिपर चालक लालबन्दी नगरपालिका १७ रानीगन्जका ३६ वर्षीय नारायण दत श्रेष्ठलाई पक्राउ गरेको छ।
Shares

प्रतिक्रिया