समाज


वीरगन्जमा समाचार संकलन गर्न गएका ३ पत्रकारमाथि आक्रमण, महासंघद्वारा विरोध

वीरगन्जमा समाचार संकलन गर्न गएका ३ पत्रकारमाथि आक्रमण, महासंघद्वारा विरोध

फाइल तस्बिर


नेपालखबर
बैशाख ३, २०८२ बुधबार ६:२०, काठमाडौँ

वीरगन्जमा भइरहेको प्रदर्शनको समाचार संकलनका लागि गएका तीनजना पत्रकारमाथि कुटपिट भएको छ। 

एभिन्युज टेलिभिजन पर्साका सम्वाददाता अर्जुन गुप्ता र मध्य नेपाल सन्देशका अनिल ओझा र पत्रकार धिरेन्द्र तिवारी कुटपिटबाट घाइते भएका नेपाल पत्रकार महासंघ पर्साले जनाएको छ।

मंगलबार प्रदर्शनकारीको ढुंगा र प्रहरीको लाठी प्रहारबाट उनीहरु घाइते भएका भन्दै  महासंघले पत्रकारलाई आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad