ताप्लेजुङमा गएराति सामान्य वर्षासँगै हिमपात भएको छ। पाथीभरा क्षेत्रमा हिमपात भएको हो।
पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको जानकारी दिए। यसअघि गत पुस र माघमा पनि दुई पटक पाथिभरा क्षेत्रमा हिमपात भएको थियो।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले वर्सेनि हिउँ परेपछि पाथीभरामा आन्तरिक धार्मिक पर्यटकको आगमन बढ्ने गरेको बताए।
यस वर्ष हिउँदमा पर्याप्त वर्षा नहुँदा बालीनाली भने फस्टाउन सकेको छैन। वर्षा नहुँदा हिउँदे बालीनाली गहुँ, जौ, आलुलगायत बालीनाली फस्टाउन नसकेको स्थानीयले बताएका छन्। रासस
75
Shares

प्रतिक्रिया