समाज


सर्लाहीमा बस दुर्घटना हुँदा १५ जना घाइते, चालक फरार

सर्लाहीमा बस दुर्घटना हुँदा १५ जना घाइते, चालक फरार

नेपालखबर
फागुन २, २०८१ शुक्रबार ५:५९, काठमाडौँ

सर्लाहीमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। 

पूर्वपश्चिम राजमार्गमा पर्ने  ईश्वरपुर नगरपालिका–१३ मा रहेको बाँके जंगलमा बिहीबार साँझ ना‍.७ ख ३६४३ नम्वरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

महोत्तरीको बर्दिबासमा आयोजित लघुवित्त पीडितको प्रदर्शनमा सहभागी सहभागी भएर सर्लाही फर्किंदै गरेका यात्रु दुर्घटनामा परेका हुन्। 

बसमा ३५ जना सवार थिए। जसमध्ये १५ जना घाइते भएका हुन्। घाइते हुने अधिकांश महिला छन्। ‘घाइतेमध्ये दुई जनालाई अलिक बढी चोट लागेको छ। उहाँहरुलाई बाहिर रेफरको तयारी हुँदैछ,’ इलाका प्रहरी कार्यालय लालबन्दीका इन्सपेक्टर सुजन पाठकले नेपालखबरसँग भने, ‘सबै घाइते खतरा मुक्त छन्।’ 

घाइतेको हाल लालबन्दीस्थित मोडेल अस्पताल र गाउँमैत्री अस्पतालमा उपचार भइरहेको छ।

बस दुर्घटनापछि चालक फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। तीव्र गतिको कारण बस पल्टिएको यात्रुले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad