समाज


६ महिनामा सवारी दुर्घटनामा परेर धनुषामा २६ जनाको मृत्यु

६ महिनामा सवारी दुर्घटनामा परेर धनुषामा २६ जनाको मृत्यु

जनकपुर-भिठ्ठामाेड सडक खण्डमा पर्ने पिपपरामा बिहीबार पाेखरीमा खसेकाे कार। तस्बिरः रासस


नेपालखबर
माघ १०, २०८१ बिहिबार ११:४५, जनकपुरधाम

बितेका छ महिनामा सडक दुर्घटनामा परी धनुषामा २६ जनाको मृत्यु भएको छ।  

जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरका अनुसार यस अवधिमा भएका पाँच सय छ दुर्घटनामा २६ जनाको मृत्यु भएको हो। अघिल्लो वर्षको सोही अवधिमा पाँच सय ९८ दुर्घटनामा ३९ जनाले ज्यान गुमाएका थिए। 

यस अवधिकमा ट्राफिक नियम उल्लङ्घन गरेका १२ हजार पाँच सय ९३ सवारीसाधनका सञ्चालकबाट रु ९७ लाख ५८ हजार पाँच सय राजस्व सङ्कलन भएको जनाएको छ। 

गत आवको सोही अवधिमा १४ हजार दुई सय ३६ सवारीसाधनबाट रु एक करोड छ लाख ५४ हजार पाँच सय राजस्व सङ्कलन भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad