बाराको महागढीमाई लागिरहेको एक महिने मेलाको अवसरमा मधेस प्रदेश सरकारले यही मंसिर २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
हरेक पाँच वर्षको अन्तरालमा बाराको गढिमाई नगरपालिकास्थित बरियारपुरमा पञ्चवर्षीय मेला लाग्दै आएको छ।
मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव उद्धव प्रसाद रिजालले सूचना जारी गर्दैै गढीमाई मेलाका अवसरमा यही मंसिर २३ गते आइतबार मधेस प्रदेशभरि सार्वजनिक बिदा दिएको जनाएका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गढीमाई मेलाको विशेष पूजा हुने दिन (मंसिर २३ गते) सार्वजनिक तथा सरकारी निकायका लागि बिदा दिने निर्णय गरेको हो।
तर, कतिपयले भने गढिमाई मेलामा बिदा दिने मधेस प्रदेश सरकारको निर्णयको आलोचना गरेका छन्।
30
Shares

प्रतिक्रिया