ad ad

समाज


सर्लाहीको लालबन्दीमा रास्वपाको प्रदेशस्तरीय बैठक

सर्लाहीको लालबन्दीमा रास्वपाको प्रदेशस्तरीय बैठक

नेपालखबर
भदौ २०, २०८१ बिहिबार १२:३५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशको विस्तारित बैठक आज सर्लाहीको लालबन्दीमा बस्दैछ।

बैठकमा सहभागी हुन पार्टीका केन्द्रीय सभापति रवि लामिछाने, उपसभापति एवं सासंद डा. स्वर्णिम वाग्ले, कार्यवाहक प्रवक्ता एवं सांसद मनिष झा लगायतका नेता लालबन्दी पुगेका छन्। 

विस्तारित बैठकमा प्रदेश समितिका पदाधिकारी र सदस्य, विभागका प्रमुख र सदस्य तथा जिल्ला संयोजक र सहसंयोजकसहित करिब तीनसय जना सहभागी हुनेछन्।

यसक्रममा सभापति लामिछानेले २०७९ को निर्वाचनका उम्मेदवारसँग पनि छुट्टै छलफल गर्ने कार्यक्रम छ।

कर्णाली प्रदेशको सुर्खेत, लुम्बिनीको नेपालगन्ज, कोसीको इटहरी, बागमतीको कीर्तिपुरमा प्रदेश स्तरीय बैठक समापन गरेर आज मधेस प्रदेशमा विस्तारित बैठक गर्न लागेको हो। 

मधेसपछि सुदूरपश्चिम र गण्डकी प्रदेशमा पनि बैठक गरिने रास्वपाले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .