समाज


सिराहामा मामाका छोराले चिर्पटले हान्दा फुपूका छोराको मृत्यु

सिराहामा मामाका छोराले चिर्पटले हान्दा फुपूका छोराको मृत्यु

नेपालखबर
असार ६, २०८१ बिहिबार ८:२५, सिराहा

सिराहामा मामाको छोराले चिर्पटले हान्दा फुपूका छोराको मृत्यु भएको छ। 

गोलबजार नगरपालिका- १० धर्मपुरका २८ वर्षीय संजय सदाले आफ्नै फुपूका छोरा ४० वर्षीय गेनी सदामाथि चिर्पट प्रहार गरेको प्रहरीले जनाएको छ। 

समान्य विवादमा बुधबार राति संजयले गेनीलाई  चिर्पटले हान्दा उनी गम्भीर घाइते भएका थिए। 

गेनीको उपचारको क्रममा बुधबार स्थानीय अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक (इन्सपेक्टर) शुनिल कार्कीले जानकारी दिए।

उनीहरु दुबैले मदिरा खाएपछि मातेका थिए। त्यही क्रममा विवाद सुरु भएको थियो। चिर्पट प्रहार गर्ने संजयलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad