ad ad

समाज


सर्लाहीमा जबर्जस्ती करणी कसुरमा १० वर्ष सजाय तोकिएका पुरुष पक्राउ

सर्लाहीमा जबर्जस्ती करणी कसुरमा १० वर्ष सजाय तोकिएका पुरुष पक्राउ

नेपालखबर
जेठ १९, २०८१ शनिबार १०:११, सर्लाही

जबर्जस्ती करणी अभियोगमा अदालतबाट १० वर्ष कैद सजाय तोकिएका एक व्यक्तिलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। 

सर्लाहीको कबिलासी नगरपालिका-८ निवासी दिनेश मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

गाउँकै एक महिलालाई जबजस्ती करणीपछि फरार रहेका मण्डललाई जिल्ला अदालत सर्लाहीले १० वर्ष कैद सजाय हुने फैसला सुनाएको थियो।  

त्यसैगरी ज्यान मार्ने उद्योगमा प्रहरीले सर्लाहीकै रामनगर गाउँपालिका-२ ध्रुवा टोल निवासी रामबाबु रायलाई पनि पक्राउ गरेको छ। 

ज्यान मार्ने उद्योगमा अदालतले रायलाई १५ हजार जरिवाना तोकेपछि उनी फरार थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .