समाज


भारतबाट भन्सार छलेर ल्याएको ३४ क्विन्टल धानसहित रौतहटबाट एक व्यक्ति पक्राउ

भारतबाट भन्सार छलेर ल्याएको ३४ क्विन्टल धानसहित रौतहटबाट एक व्यक्ति पक्राउ

नेपालखबर
जेठ १९, २०८१ शनिबार ९:२४, रौतहट

रौटहट प्रहरीले इशनाथबाट ३४ क्विन्टल धानसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले इशनाथ नगरपालिका ४ बाट ३४ क्विन्टल धानसहित उनलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा रौतहटको राजपुर ननगरपालिका ६ का ४२ वर्षीय अमर साह रहेका जिल्ला प्रहरी कार्यालय रौटहटले जनाएको छ। 

उनले भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याएको डेढ लाख रुपैयाँ मूल्य बराबरको धान सडक छेउमा जम्मा गरी राखेको अवस्थामा प्रहरीले बरामद गरेको हो। 

पक्राउपछि अमर साहलाई आवश्यक कारवाहीको लागि धानसहित प्रहरीले गौर भन्सार कार्यालयमा बुझाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad