समाज


सर्लाहीमा मोटरसाइकल दुर्घटना: कतारबाट केही दिनको छुट्टीमा घर आएका २९ वर्षीय युवकको मृत्यु

सर्लाहीमा मोटरसाइकल दुर्घटना: कतारबाट केही दिनको छुट्टीमा घर आएका  २९ वर्षीय युवकको मृत्यु

नेपालखबर
जेठ २, २०८१ बुधबार ९:१०, काठमाडौँ

सर्लाहीमा पार्किङ गरेर राखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ। 

गएराति चन्द्रनगर गाउँपालिका-२ मा सडक छेउमा पार्किङ गरेर राखेको ज १ त ५१९० नम्बरको ट्याक्टरमा तीव्र गतिमा रहेको प्रदेश-२-०३-०२१ प ११६८ नम्बरको मोटरसाइकललाई ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

बयलवास-बबरगञ्ज सडकखण्डमा पर्ने चन्द्रनगर गाउँपालिका-२ पर्ती बजार नजिक रोकिराखेको ट्र्याक्टरमा तीव्र गतिमा रहेको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो। 

दुर्घटनामा सर्लाहीकै ईश्वरपुर नगरपालिका–१० बेला घर भएका २९ वर्षीय सञ्जितकुमार साहको मृत्यु भएको प्रहरीले जनाएको छ। 

उनको घटनास्थलमै मृत्यु भएको हो। उनी कतारमा रोजगारी गरेर केही दिनअघि मात्रै छुट्टीमा घर आएका ईश्वरपुर १० का वडाध्यक्ष राचनारायण चौधरीले जानकारी दिए। 

‘उनी तीन वर्ष कतारमा बसेर केही दिनअघि मात्रै घर फर्किएका थिए,’ चौधरीले भने, ‘हिजो श्रीमतीको नागरिकता बनाउन ससुराली (महोत्तरी) गएर घर फर्किंदै गर्दा दुर्घटना भएको हो। उनको मृत्युपछि पत्नी र तीन जना बालबालिकाको बिचल्ली भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad