समाज


सर्लाहीका कैदीबन्दीलाई किन लगिन्छ अन्यत्र?

सर्लाहीका कैदीबन्दीलाई किन लगिन्छ अन्यत्र?

फाइल तस्बिर


नेपालखबर
पुस २७, २०८० शुक्रबार १०:१०, काठमाडौँ

सर्लाहीमा कारागार निर्माणमा ढिलाई हुँदा कैदीबन्दीलाई अन्यत्रका कारागारमा लगेर राख्नुपर्ने बाध्यता छ। 

०६२/०६३ को आन्दोलनताका माओवादीले सर्लाही कारागारमा आक्रमण गरेको थियो। त्यसयता सर्लाही सदरमुकाम मलंगवामा रहेको जिल्ला कारागार बन्द अवस्थामा छ। 

सर्लाहीको कारागार सञ्चालनमा नरहेकाले कैदीबन्दीलाई महोत्तरी, रौतहट, सिन्धुली, सुनसरी लगायतका कारागारमा लगेर राख्नुपर्ने बाध्यता रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी  प्रवीण धितालले जानकारी दिए। 

आफूलाई तपस्वी बताउने रामबहादुर बम्जनलाई पनि सर्लाही जिल्ला अदालतको आदेशपछि प्रहरीले बिहीबार महोत्तरीको जलेश्वर कारागार पुर्याएको छ। 

‘अदालतबाट जता चलान गर्न आदेश आउँछ, कैदी बन्दीलाई हामी त्यतैको कारागार लैजान्छौँ,’ एसपी धितालले शुक्रबार बिहान नेपालखबरसँग भने, ‘अदालतको आदेशअनुसार हामीले हिजो रामबहादुर बम्जनलाई जलेश्वर कारागार पुर्याएका छौँ।’

उनले सर्लाहीबाट धेरैजसो कैदीबन्दी सिन्धुली, महोत्तरी, रौतहट र सुनसरीको झुम्का कारागार चलान हुँदै आएका जानकारी दिए। 

‘यहाँ कारागार भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। अबको केही महिनापछि यहीँको कारागार सञ्चालनमा आउला। त्यसपछि हामीले सामान्य अवस्थामा कैदीबन्दीलाई अन्यत्रको कारागार लैजानुपर्ने बाध्यता हट्ने छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .