हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनविरुद्धको मुद्दामा सर्लाही जिल्ला अदालतमा सुनुवाइ सुरु भएको छ।
बिहीबार प्रहरीले बम्जनलाई जिल्ला अदालत सर्लाहीसमक्ष प्रस्तुत गरेपछि उनीविरुद्धको मुद्दामा सुनुवाइ सुरु भएको हो।
न्यायाधीश विष्णु रेग्मीको इजलासमा उनीविरुद्ध मुद्दाको सुनुवाइ सुरु भएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए।
हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई मङ्गलबार पक्राउ गरेको थियो। रासस
171
Shares
प्रतिक्रिया