समाज


चतुर्भुजेश्वर क्याम्पस सन्चालक समितिमा राजनीतिक दलबीच भागबन्डा

चतुर्भुजेश्वर क्याम्पस सन्चालक समितिमा राजनीतिक दलबीच भागबन्डा

नेपालखबर
पुस २०, २०८० शुक्रबार १२:३०, सर्लाही

सर्लाहीको हरिवनमा रहेको चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस (सुखेपोखरी)मा नयाँ सन्चालक समिति चयन भएको छ। 

स्थानीय राजनीतिक दलले भागबण्डाको आधारमा क्याम्पस सन्चालक समिति चयन गरेका हुन्। 

समितिको अध्यक्षमा नेपाली कांग्रेसका रामशरण उप्रेती चयन भएका छन्। 

त्यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रका ताराराज पन्त (अर्जुन) र कोषाध्यक्ष एमालेका बिदुरकुमार प्याकुरेल चयन भएका छन्। उप्रेती र पन्त सम्बन्धित पार्टीका हरिवन नगर समिति अध्यक्ष हुन् भने प्याकुरेल एमाले सर्लाही जिल्ला कमिटीका उपाध्यक्ष हुन्।

समितिका अन्य सदस्यमा पशुपतिकुमार कार्की, युवराज लुइँटेल, लालचन्द्र उप्रेती, रामप्रसाद घिमिरे, टेकबहादुर बोगटी, डोरप्रसाद भट्टराई र दुर्गाप्रसाद उप्रेती चयन भएका छन्। 

क्याम्पस सन्चालक समिति १९ सदस्य हुने व्यवस्था विधानमा छ। जसमध्ये बाँकी नौ जना मनोनित गर्न बाँकी रहेको क्याम्पस प्रमुख गंगा भुजेलले जानकारी दिए। 

क्याम्पसको नेतृत्वका लागि स्थानीय राजनीतिक दलका नेताबीच लामो सयमसम्म रस्साकस्सी चलेको थियो। पछि भागबण्डाको आधारमा सञ्चालक समिति चयन भएको एक नेताले जानकारी दिए। 

‘क्याम्पस सन्चालक समिति चयन गर्न हामीले निर्वाचन प्रक्रिया सुरु गरेका थियौँ, पछि सहमतिको आधारमा निर्विरोध रुपमा सञ्चालक समिति, अनुगमन समिति र लेखा समिति चयन गरिएको छ,’ क्याम्पस प्रमुख भुजेलले नेपालखबरसँग भने, ‘सबै क्षेत्रलाई समेटेर, आजीवन सदस्यहरुमध्येबाट सन्चालक समिति चयन गर्ने व्यवस्थाअनुसार हामीले १० सदस्यीय समिति चयन गरेका छौँ। अब २ जना अभिभावकलाई समेटेर बाँकी नौ जना सदस्य मनोनित हुन्छन्।’

क्याम्पसको अनुगमन समितिको संयोजकमा एमाले सर्लाही क्षेत्र नम्बर- ३ का अध्यक्ष चुडामणि वाग्ले र लेखा सुपरीवेक्षण समितिको संयोजकमा माओवादी केन्द्रका भगवान मैनाली चयन भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad