ad ad

समाज


रौतहटमा विद्युतीय माध्यमबाट २४ लाख ३७ हजार चोरी, ३ जना पक्राउ

रौतहटमा विद्युतीय माध्यमबाट २४ लाख ३७ हजार चोरी, ३ जना पक्राउ

नेपालखबर
पुस १४, २०८० शनिबार ९:४३, काठमाडौँ

विद्युतीय माध्यमबाट अरुको बैँक खाताबाट २४ लाख रुपैयाँ भन्दा धेरै रकम चोरी गरेको आरोपमा रौतहट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका ४ वस्ने २५ वर्षीय जितेन्द्र गिरी, गौर ७ का ३७ वर्षीय दिपेन्द्रकुमार साह र रौतहटकै गुजरा नगरपालिका ६ घर भइ हाल चन्द्रपुर नगरपालिका १० बस्ने ४० वर्षीय राजकुमार साह छन्।

उनीहरुले विभिन्न काल्पनिक व्यक्तिहरुको नाममा भारतको घोडासहनबाट किर्ते नागरिकता र सवारी चालक अनुपत्र बनाइ ती कागजातबाट सिमकार्ड निकालेर विभिन्न बैंकहरुमा खाता खोली मोवाईल बैंकिङ्ग प्रणाली मार्फत विभिन्न व्यक्तिको खाताबाट पटकपटक गरेर २४ लाख ३७ हजार ६८५ लाख ४६ हजार ४४० रुपैयाँ चोरी गरेको जिलला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

प्रहरीका अनुसार उनीहरुले गौर नगरपालिका ४ का जयप्रकाश रायको एनआईसी एसिया र माछापुच्छे बैंकको खाताबाट गएको असार २९ गतेदेखि पटकपटक गरी १२ लाख ४६ हजार ४४० रुपैयाँ चोरी गरेका अनुसन्धानको क्रममा खुलेको छ। 

त्यैगरी गौर नगरपालिका ७ का मिश्रीलाल साहको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय गौरमा रहेको खाताबाट पटक पटक गरी पाँच लाख, गौर २ का विजय किशोर झाको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय गौरको खाताबाट ८० हजार, रौतहटको चन्द्रपुर नगरपालिका ९ का कृष्ण प्रसाद तिमल्सिनाको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय चन्द्रनिगाहपुरको खाताबाट ६ लाख ११ हजार २०८ रुपैयाँ निकालेका प्रहरीले जनाएको छ। 

यो घटनामा संलग्न केही व्यक्ति फरार छन्। प्रहरीले उनीहरुको खोजतास गरिरहेको छ। पक्राउ परेका तीन जनालाई आवश्यक कानुनी कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .