ad ad

समाज


उखुको मूल्य बढाउन माग गर्दै सर्लाहीमा आमरण अनशन बसेका किसानको अवस्था गम्भीर

उखुको मूल्य बढाउन माग गर्दै सर्लाहीमा आमरण अनशन बसेका किसानको अवस्था गम्भीर

नेपालखबर
पुस ४, २०८० बुधबार १०:३६, सर्लाही

उखुको मूल्य वृद्धिसहितका माग राखेर सर्लाहीमा आमरण अनशनमा बसेका एक किसानको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।

यस वर्षको लागि उखुको मूल्य प्रतिक्विन्टल ७५० कायम गर्न माग गर्दै गएको सोमबार बिहानदेखि हरिवनस्थित इन्दु शंकर चिनी उद्योगको मुल गेटमा आमरण अनशन बसेका किसान शेख इस्तियारको अवस्था गम्भीर बनेको हो। 

माओवादी केन्द्रका स्थानीय नेतासमेत रहेका इस्तियारलाई बुधबार बिहानबाट सलाइन पानी दिन थालिएको उखु किसान आन्दोलनका अगुवासमेत रहेका माओवादी केन्द्र हरिवनका नगर सचिव गौरी महतोले जानकारी दिए। 

‘इस्तियार जी तीन दिनदेखि आमरण अनसनमा हुनुहुन्छ। राज्यले तत्काल उखुको मूल्य तोक्ने अवस्था देखिएको छैन,’ उनले भने, ‘आज बिहानबाट इस्तियारजीलाई सलाइन पानी दिन थालिएको छ। उहाँलाई बोल्न गाह्रो हुँदैछ। हातखुट्टा बाउँडिन थालेका छन्।’

चिनीको बिक्री मूल्यको आधारमा उखुको मूल्य प्रतिक्विन्टल ७५० कायम गरिनुपर्ने, मूल्य अभिवृद्धि कर बापत किसानलाइ दिने भनिएको बक्यौता रकम सरकारले तुरुन्त भुक्तानी गर्नुपर्ने, उखु खेतीमा अनुदान र उखु बेचेपछि तुन्तै भुक्तानी गरिनुपर्ने, उन्नत जातको बिउको व्यवस्था, कृषियोग्य जमिनमा सिंचाइको व्यवस्था, उखु खेती गर्न आवश्यक मलखादको प्रवन्ध गर्नुपर्ने लगायतका माग अघि सारेर इस्तियार आमरण अनशनमा बसेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .