ad ad

समाज


सर्लाहीमा महिलाको कान काटेर दिउँसै लुटियो सुनकाे गहना

सर्लाहीमा महिलाको कान काटेर दिउँसै लुटियो सुनकाे गहना

प्रतिकात्मक तस्बिर


नेपालखबर
भदौ २१, २०८० बिहिबार ९:२८, सर्लाही

सर्लाहीको ब्रम्हपुरीमा घाँस काटिरहेकी एक महिलाको कान काटेर सुनका गहना लुटिएको छ।

भारतीय सीमा नजिकै पर्ने ब्रम्हपुरी गाउँपालिका ४ त्रिभुवन नगर निवासी ६० वर्षीया सुमित्रादेवी रायलाई बुधबार दिउँसो अपरिचित एक व्यक्तिले आक्रमण गरेर घायते बनाएपछि सुन लुटेर लगेका प्रहरीले जनाएको छ।

‘घर नजिकै सार्वजनिक चौरमा एक्लै घाँस काटिरहँदा उहाँमाथि आक्रमण गरेर दुबै कानका झण्डै आधा तोला सुन लुटिएको छ,’ जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्तासमेत रहेका डीएसपी कैलाश राईले नेपालखबरसँग भने, ‘लुटेरासँग प्रतिकार गर्दा उहाँ घाइतेसमेत हुनु भएको छ। हाल उहाँको वीरगञ्जमा उपचार भइरहेको छ।’

लुटेराको प्रतिकार गर्दा सुमित्रादेवीको कान काटेर लुटेराले सुन लुटेका हुन्। त्यसक्रममा टाउकोमासमेत गहिरो चोट लागेको डीएसपी पञ्जियारले जानकारी दिए। 

लुटेरा समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ। ‘लुटेरा स्थानीय नै भएको आशंका छ,’ डीएसपी राईले भने, ‘हामी उसको खोजी गरिरहेका छौँ। ऊ चाँडै पक्राउ पर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .