समाज


९ वर्षीया बालिका बोरामा बाँधिएको अवस्थामा भेटिएपछि रौतहटबाट २ जना पक्राउ

९ वर्षीया बालिका बोरामा बाँधिएको अवस्थामा भेटिएपछि रौतहटबाट २ जना पक्राउ

नेपालखबर
भदौ १८, २०८० सोमबार ६:५६, राैतहट

नौ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले रौतहटबाट दुईजनालाई पक्राउ गरेको छ।

माधवनारायण नगरपालिका–५ पातरटोल बस्ने अवधेशकुमार महतोकी ९ वर्षीया छोरी खुस्बु महतोलाई अपहरण गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३० वर्षीय रञ्जित साह र ४० वर्षीय राम नरेश साहलाई पक्राउ गरेको हो।

बालिकाका बुवा अवधेशकुमारका अनुसार यहि भदौ १४ गते साँझ बालिका घरबाटै हराएकी थिइन्। खोजतलास गर्ने क्रममा भदौ १५ गते बालिका बोरामा बाँधिएको अवस्थामा घर नजिकै फेला परेकी थिइन्।

छिमेकीसमेत रहेका रञ्जित साह र राम नरेश साहले अपहरण गरेर बालिकालाई बेच्न भारत पुर्‍याएका आरोप अवधेशकुमारको छ। बालिका अपहरण गरेर भारत पुर्याएको खुलेपछि उनीहरूले भोलिपल्टै बालिकालाई फर्काएर गाउँ छेउमा ल्याएर छाडेको उनको दाबी छ।

दुबै आरोपीविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा कारबाही गर्न जाहेरी परेपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी उमाशंकर यादवले जानकारी दिए। 

‘घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ,’ डीएसपी यादवले नेपालखरसँग भने, ‘हामी घटनाको यथार्थ के हो बुझ्दै छौ।’

डीएसपी यादवका अनुसार आरोपी रामनरेशले भने अवधेशकी ९ वर्षीया छोरी १४ गते राति आफ्नी १२ वर्षीया छोरीसँग बसेकी दाबी गरेका छन्।  रामनरेश र अवधेशकी छोरी साथीसाथी हुन्। 

‘अपहरणमा परेकी भनिएकी बालिकाका बुवा आमाको भनाई पनि एकअर्कासँग मिल्दैन,’ यादवले भने, ‘खास विषय के हो अनुसन्धानपछि नै खुल्ला।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad