ad ad

समाज


बर्दिबासमा भएका सवारी दुर्घटनामा बाबुछोरीसहित ३ जनाको मृत्यु

बर्दिबासमा भएका सवारी दुर्घटनामा बाबुछोरीसहित ३ जनाको मृत्यु

नेपालखबर
भदौ ५, २०८० मंगलबार १२:१३, महोत्तरी

महोत्तरीको बर्दिबासमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा बाबु छोरीसहित तीन जनाको मृत्यु भएको छ।

बर्दिबास नगरपालिका- २ मा पर्ने बर्दिबास औरही सडक खण्डमा सोमबार साँझ स्कुल बस र मोटरसाइकल आपसमा ठोक्किँदा बाबु छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा बर्दिबास- ८ हात्तीलेटका ५५ वर्षीय उपेन्द्र महतो र उनकी २२ वर्षीया छोरी रविनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिलिप गिरीले जानकारी दिए। 

‘छोरी रविनाले चलाएको मोटरसाइकल रोकिराखेको स्कुल बसमा ठोक्किँदा बाबु छोरीकै मृत्यु भएको हो,’ डिएसपि गिरीले नेपालखबरसँग भने। 

दुर्घटनामा गम्भीर घाइते भएपछि छोरीलाई उपचारको लागि बर्दिबासस्थित ट्रमा सेन्टरमा पुर्याइएको थियो। उपचारको क्रममा गए राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

डिएसपि गिरीका अनुसार उनका बुवा उपेन्द्रको जनकपुरस्थित प्रादेशिक अस्पतालमा आज (मंगलबार) बिहान मृत्यु भएको हो।  

दुर्घटनापछि प्रहरीले ना १ क ९७८९ नम्बरको बस र त्यसका चालक बर्दिबास- ४ का निरपराज नेपाललाई नियन्त्रणमा राखेको छ। 

त्यसैगरी गएराति नै पूर्वपश्चिम राजमार्गमा पर्ने बार्दिबास ५ टुटेश्वरमा ना६ख ४६७८ नम्बरको ट्रकले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ।

दुर्घटनामा रौतहटको चन्द्रपुर नगरपालिका- २ पौराही घर भएका ६६ वर्षीय कुलबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .