ad ad

समाज


कक्षा १२ मा मधेश प्रदेश प्रथम हुने विद्यार्थीलाई नगदसहित सम्मान

कक्षा १२ मा मधेश प्रदेश प्रथम हुने विद्यार्थीलाई नगदसहित सम्मान

नेपालखबर
भदौ ४, २०८० सोमबार १२:५८, जनकपुर

जनकपुरमा रहेको मोनाष्टिक आवासीय उच्च माविले राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ। 

कक्षा १२ को वार्षिक परीक्षामा व्यवस्थापन संकायतर्फबाट परीक्षामा सहभागी सुनिल साहले ३.८७ अंक प्राप्त गरेका छन्। 

साहले प्राप्त गरेको नतिजालाई विद्यालयले मधेश प्रदेशमै प्रथम भएको जनाएको छ।

मोनाष्टिकबाटै विज्ञान संकायतर्फकी छात्रा श्रुति यादवले ३.७२ र कानूनतर्फ सुनिल यादवले ३.६० अंक प्राप्त गरेका छन्।

विद्यालयले कक्षा १२ को नतिजामा मधेश प्रदेशमै प्रथम स्थान ल्याउने सुमित साहलाई नगद ११ हजारसहित सम्मान गेको छ। 

त्यसैगरी श्रुति यादवलाई नगद ८ हजार तथा सुनिल यादवलाई नगद ५ हजारसहित सम्मान गरिएको विद्यालयका निर्देशक डा.सोनु साहले जानकारी दिए।

मोनाष्टिक उच्च माविबाट यस वर्ष कक्षा १२ को परीक्षामा ४५० जना परीक्षार्थी सहभागी भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .