समाज


विषालु सर्पले टोक्दा सरकारी माविका प्रधानाध्यापकको मृत्यु

विषालु सर्पले टोक्दा सरकारी माविका प्रधानाध्यापकको मृत्यु

फाइल तस्बिर


नेपालखबर
साउन १२, २०८२ सोमबार १३:२२, दाङ

दाङमा विषालु सर्पको टोकाइबाट एक जना शिक्षकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा राजपुर गाउँपालिका–३ खरदरियाका ५५ वर्षीय शालिकराम यादव रहेका जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए।

आज बिहान उनलाई घरभित्र सर्पले टोकेको थियो। यादवको उपचारको क्रममा राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हाे।

यादव शङ्कर माध्यमिक विद्यालय खरदरियामा प्रधानाध्यापकको रूपमा कार्यरत थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad