समाज


बर्दियामा करेन्ट लागेर २ जनाको मृत्यु

बर्दियामा करेन्ट लागेर २ जनाको मृत्यु

नेपालखबर
जेठ २६, २०८२ सोमबार ७:५३, बर्दिया

बर्दियामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।

करेन्ट लागेर बाँसगढी नगरपालिका र  बढैयाताल गाउँपालिकामा गरेर दुई जनाएको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा बाँसगढी –९ माछागढका ५७ वर्षीय राजेन्द्रजङ्ग शाह र गुलरिया नगरपालिका–१२ भैसाही बस्ने २१ वर्षीय वीरेन्द्र थारु रहेका जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

आइतबार शाहलाई आफ्नै खेतमा धानको बिउमा पानी लगाउन मोटर चलाउने क्रममा करेन्ट लाग्दा मृत्यु भएको हो।  

त्यसैगरि बढैयाताल गाउँपालिका–९ कान्तिपुरमा घर बनाउने क्रममा करेन्ट लाग्दा थारुको मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad