समाज


उकालो चढ्न नसक्दा जिप ब्याक भएर खस्यो, ६ जना घाइते

उकालो चढ्न नसक्दा जिप ब्याक भएर खस्यो, ६ जना घाइते

नेपालखबर
बैशाख २७, २०८२ शनिबार ६:३८, पाल्पा

पाल्पामा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। निस्दी गाउँपालिका –४ लामेदमारमा शुक्रबार साँझ जिप दुर्घटना भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार अरुणखोलाबाट मित्यालतर्फ जाँदै गरेको गरेको लु १ ज २६४९ नम्बरको जिपमा १६ जना सवार थिए। त्यसमध्ये ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए।  

उकालो चढ्न नसक्दा जिप व्याक भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। जिप सडकबाट झण्डै २० मिटर तल खसेको छ। 

घाइते हुनेमा निस्दी गाउँपालिका –४, झ्याल्टुङ्गका ३९ वर्षीय धनसरी बयम्बु, सोही स्थानका ३० वर्षीय पुष्पा राई, उहाँको छोरा तीन वर्षीय अभिसेक राई, नौ वर्षीय साजन राई, निस्दी गाउँपालिका –७ का ४० वर्षीय गुनबहादुर सोमै र विजयनगर गाउँपालिका –१ कपिलवस्तु बस्ने –५३ वर्षीय टेकबहादुर खण्डलुक रहेका छन्।

घाइतेमध्ये बयम्बुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad