समाज


सुस्तामा ट्रकको ठक्करबाट साइकलमा सवार ६५ वर्षका वृद्धको मृत्यु

सुस्तामा ट्रकको ठक्करबाट साइकलमा सवार ६५ वर्षका वृद्धको मृत्यु

नेपालखबर
मंसिर ५, २०८१ बुधबार ६:१, नवलपरासी

गएराति नवलपरासीको सुस्तामा ट्रकको ठक्करबाट साइकलमा सवार एक वृद्धको मृत्यु भएको छ। 

मंगलबार राति पौने १० बजे पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका १ बरुवा चोकस्थित भित्री सडक खण्डमा ट्रकको ठक्करबाट स्थानीय ६५ वर्षीय रामजी नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए। 

बर्दघाटबाट त्रिवेणीतर्फ जाँदै गरेको लु २ ख ८९३ नम्बरको ट्रकले सोही दिशा तर्फबाट जाँदै गरेको साइकललाई ठक्कर दिँदा नेपाली गम्भीर घाइते भएका थिए। 

उनलाई उपचारको लागि सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता पठाउँदा  डाक्टरले मृत घोषणा गरेका डीएसपी बोहराले बताए। 

दुर्घटनापछि प्रहरीले ट्रक चालकलाई पक्राउ गरेको छ। नेपालीको शव पोष्टमार्टमका लागि पृथ्वी चन्द्र अस्पताल परासीमा राखिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad