बाँकेमा दुईवटा मोटरसाइकल आपसमा ठोकिँदा एकजना चालकको मृत्यु भएको छ। दुर्घटनामा अर्का चालक गम्भीर घाइते छन्।
आइतबार राति नेपालगञ्ज-४ बाइपासमा भे ६ प ८०२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज ३ प ७१७१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन।
दुर्घटनामा बाँकेको नेपालगञ्ज- ६ घर भएको २६ वर्षीय अमनकुमार गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। दुर्घटनामा नेपालगञ्ज- ११ का १८ वर्षीय एहसान शेख गम्भीर घाइते भएका छन्।
घाइते शेखलाई भेरी अस्पतालमा सामान्य उपचार गरेर थप उपचारको लागि राति नै भारतको लखनऊतर्फ लगिएको छ।
54
Shares

प्रतिक्रिया