समाज


बर्दियामा ३ बालबालिकालाई सर्पले टोक्यो, २ जनाको मृत्यु, १ को उपचार चल्दै

बर्दियामा ३ बालबालिकालाई सर्पले टोक्यो, २ जनाको मृत्यु, १ को उपचार चल्दै

फाइल तस्बिर


नेपालखबर
साउन २५, २०८१ शुक्रबार ५:३७, बर्दिया

बर्दियामा विषालु सर्पको टोकाइबाट एकैदिन दुई बालबालिकाको मृत्यु भएको छ।  

गुलरिया नगरपालिका–१ निवासी नौ महिने बालक मायरा चौधरी र सोही वडाकी ११ वर्षीया सोनिमा चौधरीको सर्पको डसाइबाट मृत्यु भएको हो। 

बर्दियाकै मधुवन नगरपालिकाकी ६ वर्षीया रिया चौधरी विषालु सर्पको टोकाइबाट घाइते भएकी छन्। 

घरमा आमासँगै सुतिरहेका नौ महिने बालकको बायाँ खुट्टाको पैतलामा पहिचान नखुलेको सर्पले डसेको परिवारजनले बताएका छन्।

११ वर्षीया बालिका घरमा सुतिरहेको अवस्थामा एक्कासी बिरामी भई अचेत अवस्थामा बर्दिया अस्पताल गुलरियामा पुर्याउँदा चिकित्सकले सर्पको टोकेको बताएका थिए। अस्पताल पुर्याउनासाथ चिकित्सकले बालिकाको मृत्यु भएको घोषणा गरेका जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए।

बालकलाई सर्पले टोकेको तीन घण्टापछि र बालिकालाई साढे पाँच घण्टापछि परिवारले अस्पताल पुर्याएका थिए। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच बिहीबार नै सर्पको टोकाइबाट बर्दियाको मधुवन नगरपालिका–२ ओराली बजार घर भई हाल गुलरिया नगरपालिका–१ गाउँ नम्बर १५ मन्दिर टोल स्थित मामाघरमा बस्ने छ वर्षीया रिया चौधरीलाई पनि सर्पले टोकेको छ।

एक्कासी बिरामी भएकी बालिकाको स्थानीय खैरापुरको मेडिकलमा सामान्य उपचार गरिएको थियो।

थप उपचारका लागि बर्दिया अस्पताल पुर्याउँदा चिकित्सकले जाँचका क्रममा सर्पले डसेको आशंका गरेका थिए। हाल उनलाई भेरी अस्पताल नेपालगञ्ज रेफर गरिएको प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad