ad ad

समाज


बाँकेनजिक भारतीय भूमिमा मोटरसाइकल दुर्घटना हुँदा ३ नेपालीको मृत्यु

बाँकेनजिक भारतीय भूमिमा मोटरसाइकल दुर्घटना हुँदा ३ नेपालीको मृत्यु

नेपालखबर
असार २७, २०८१ बिहिबार ८:६, काठमाडौँ


बाँकेको सीमानजिक भारतीय भूमिमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना नेपालीको मृत्यु भएको छ। 

रा ४ प ७६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बाँकेको राप्ती सोनारी गाउँपालिका- १ का बनुवा नाका निवासी ५१ वर्षीय गोबर्धन घर्ती, ३३ वर्षीय लालबहादु बेसोउटी र २८ वर्षीया कल्पना श्रेष्ठको मृत्यु भएको हो। 

बाँकेको नरैनापुरसँग सिमाना जोडिएको भारतको श्रीवस्ती जिल्लास्थित बघौडा तालदेखि पाँच किलोमिटर पूर्व राजपुर भन्ने ठाउँमा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल दुर्घटनामा परेको राप्ती सोनारी गाउँपालिकाका प्रवक्ता मिनराज खड्काले जानकारी दिए। 

‘दुर्घटनामा गम्भीर घाइते तीनै जनाको उपचारका क्रममा भारतीय अस्पतालमै मृत्यु भएको हो,’ खड्काले भने, ‘मृतक परिवारलाई क्षतिपूर्तिका विषयमा हामीले भारतीय प्रहरीसँग थप समन्वय गरिरहेका छौँ।’

दुर्घटनाको विषयमा भारतीय प्रहरीले बाँके प्रहरीलाई जानकारी दिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले बताए।

‘दुर्घटनामा नेपालीको मृत्यु भएको जानकारी हामीले पाएका छौँ। तर, विस्तृत विवरण आइसकेको छैन,’ डाँगीले नेपालखबरसँग भने।

गाउँपालिका प्रवक्ता खड्काले भने उनीसँग घरायसी सामान किन्न भारतीय बजारमा गएको बेला दुर्घटनामा परेको पुष्टि गरेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .