वर्षाका कारण पहिरोले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु भएको छ।
बागलुङ नगरपालिका–७ तितौरेमा गएराति पहिरोमा घर पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो।
बागलुङ–७ का वडाध्यक्ष मेघनाथ गैरेका अनुसार शर्मा घरमा एक्लै बस्थिन्।
आज बिहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए। रासस
321
Shares
प्रतिक्रिया