ad ad

समाज


बाँकेमा धान रोपिरहेको बेला चट्याङ लागेर २ महिलाको मृत्यु, १ घाइते

बाँकेमा धान रोपिरहेको बेला चट्याङ लागेर २ महिलाको मृत्यु, १ घाइते

फाइल तस्बिर


नेपालखबर
असार २६, २०८१ बुधबार ७:४०, बाँके

बाँकेमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ। अर्की एक महिला घाइते भएकी छिन्।

राप्तिसोनारी गाउँपालिका–२ कचनापुरको हरिहरपुर गाउँमा मंगलबार साँझ धान रोपिरहेको बेला चट्याङ लागेर दुई महिलाको मृत्यु भएको हो। 

मृत्यु हुनेमा स्थानीय ३२ वर्षीया सम्झना विक र ३३ वर्षीया वसन्ती उपाध्याय रहेका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। चट्याङ लागेर ३० वर्षीया सलिना विक गम्भीर घाइते भएकी छन्।

चट्याङले लागेर गम्भीर घाइते भएका विक र उपाध्यायको स्थानीय अस्पतालमा उपचारको क्रममा नेपालगन्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा मृत्यु भएको हो। 

घाइते विकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .