ad ad

समाज


नारायणी नदीमा दाउरा टिप्न गएका युवक फर्केनन्

नारायणी नदीमा दाउरा टिप्न गएका युवक फर्केनन्

नेपालखबर
असार २३, २०८१ आइतबार ७:१३, नवलपरासी

नारायणी नदीले बगाउँदा नवलपरासीमा एक युवक बेपत्ता भएका छन्। 

नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका ५ सकर दिनइ घर भएका ३३ वर्षीय अर्जुन चमार नारायणीमा बेपत्ता भएका हुन्।

शनिबार दिउँसो घरदेखि दुई किलोमिटर पूर्वतर्फ रहेको नारायणी नदिमा बाढीले बगाएर ल्याएको दाउरा टिप्ने क्रममा उनी भेलमा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डीएसी रेशम बोहराले जानकारी दिए। 

उनी बेपत्ता भएको खबर पाउनासाथ प्रहरी चौकी रामनगरबाट प्रहरी वरिष्ठ नायव निरीक्षक राजाराम कुर्मीको कमाण्डमा प्रहरी टोली खटिएको थियो।

पछि इलाका प्रहरी कार्यालय बेलाटारी, प्रहरी चौकी कुडिया र प्रहरी चौकी नर्सहीसमेतबाट प्रहरी टोली उनको खोजीमा खटिएका भए पनि फेला पार्न नसकिएको बोहराले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .