समाज


४ लाख भारु लुट्न साथीको हत्या गरे, भारतमा लुक्दै आएका व्यक्ति १४ वर्षपछि पक्राउ परे

४ लाख भारु लुट्न साथीको हत्या गरे, भारतमा लुक्दै आएका व्यक्ति १४ वर्षपछि पक्राउ परे

नेपालखबर
चैत ४, २०८० आइतबार १३:२७, काठमाडौँ

कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद सजाय पाएका अभियुक्त १४ वर्षपछि पक्राउ

नवलपरासी प्रहरीले ज्यान मुद्दामा जन्म कैद सजाय तोकिएका एक व्यक्तिलाई १४ वर्षपछि पक्राउ गरेको छ।

साविकको गुठीसूर्यपूरा गाउँपालिका- ९ का ५६ वर्षीय नौमीप्रसाद राजभरलाई घटनाको १४ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ।

राजभरलेले सोही ठाउँका ३५ वर्षीय अरविन्द्र राजभरलाई १४ जर्षअघि कर्तव्य गरी मारेको अभियोगमा जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो। 

पश्चिम नवलपरासीका प्रहरी नायव परीक्षक रेशम बोहोराका अनुसार घटना हुँदा राजभर ४२ का थिए। घटनाको १४ वर्षपछि ५६ को उमेरमा उनी पक्राउ परेका हुन्। उनलाई नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका- १ महेशपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार भारतको महाराजगंजस्थित ठुठिवारीमा आफन्तको घडेरी जग्गा किनाइदिने भन्दै उनले ११ असोज ०६६ मा अरविन्द्रसँग ४ लाख भारु लिएका थिए। पैसा बुझेपछि घुम्न जाऊ भनि घरबाट सँगै लिएर गएपछि उनको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।  

घटनाको दिन अरविन्द्र राजभर, नौमी प्रसाद राजभर, रामचन्द्र राजभर र मरिकान्त धरीकारसमेत ४ जना गाँउर्म रहेको एउटा होटलमा गई रक्सी खाएका थिए। त्यसको १२ दिनपछि साविक गुठीसुर्यपुरा गाउँपालिका ५ स्थित पावर हाउसको रेडियल गेटमा अरविन्दको शव फेला परेको थियो। 

अरविन्द्रलाई रक्सीमा बिषादी मिसाएर खुलाएको र बाटोमा ढलेपछी ३ जना मिलेर भारतीय गण्डक नहरमा फालेका थिए। अरविन्दको हत्यापछि उनीहरुले चार लाख भारु बाँडेर लिएका थिए। 

विसं. २०७५ बैशाख ५ गते उनीहरुलाई प्रहरीले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो। 

हत्यापछि नौमीप्रसाद राजभर भारत भागेका थिए। त्यहाँ उनले आफ्नो परिचय लुकाइ बिक्रम सिंह (बुवाको नाम शंकर सिंह) कायम गरी भारतीय आधार कार्ड समेत बनाएर बस्दै आएको पाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .