बुटवलमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ। घटनामा २ जना घाइते भएका छन्।
दुर्घटनामा मोटरसाइकलका चालक तिलोत्तमा नगरपालिका ४ का २० वर्षीय आविश्कार टण्डनको मृत्यु भएको हो।
सिद्धार्थ राजमार्गमा भैरहवातर्फ जाँदै गरेको टण्डन सवार लु ७२ प ७३९२ नम्बरको मोटरसाइकल त्यही दिशातर्फ जाँदै गरेको लु १ क ५३२ नम्बरको बसमा ठोक्किएर अनियन्त्रित भएको थियो।
अनियन्त्रित भएको मोटरसाइक भैरहवाबाट बुटवलतर्फ आउँदै गरेका लु १७ प ३७६२ र लु ६ प ६०२ नम्बरको मोटरसाइकलसँग ठोकिँदा दुर्घटना भएको हो।
दुर्घटनामा परी लु ७२ प ७३९२ नम्बरको मोटरसाइकलका चालक टण्डनको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डिएसपी महोनबहादुर खाणले जानकारी दिए।
दुर्घट्नामा लु १७ प ३७६२ नम्बरका मोटरसाइकलका चालक तिलोत्तमा ७ का ३५ वर्षीय हुमबहादुर थापा र त्यही मोटरसाइकलको पछाडि सवार त्यही ठाउँकै ७० वर्षीया एश्र्वरादेवी थापा घाएते भएका छन्। घाइते दुवैजनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ।
प्रतिक्रिया